‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ

झापा | पुस १७, २०८०

‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ

झापा:    झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबीच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले  चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियण्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोशाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो ।


दुई युवाहरुबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठूलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्