‘ग्याङफाइट’ मा संलग्न रहेको अभियोगमा चारजना विद्यार्थी पक्राउ
झापा | पुस १७, २०८०
झापा: झापाको बिर्तामोडमा धारिलो हतियारसहित चार जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड भद्रपुरोडस्थित बस स्टेण्डबाट मङ्गलबार बिहान चार जना युवालाई खुकुरीसहित नियन्त्रणमा लिएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बसस्टेण्डमा दुई समूहबीच ‘ग्याङफाइट’ सुरु भएको सूचनाका आधारमा प्रहरीले चार जना विद्यार्थीलाई घरेलु हातहतियारसहित नियण्त्रणमा लिएको हो । बिर्तामोड वडा नंं. ५ स्थित देवी माविछेउबाट सुरु भएको झगडा र कुटपिट भद्रपुर बसस्टेण्डसम्म पुगेको जनाइएको छ । क्याम्पसको पोशाकमा रहेका आठ जनाको समूहबिच झगडा भएको थियो ।
दुई युवाहरुबिच गाडिभित्र झगडा भएको र समयमा नै प्रहरी पुगेकाले कुनै ठूलो घटना हुन नपाएको प्रहरी भनाइ छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

